१९औँ एसियाली खेलकुद अन्तरगत क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग पहिले बलिङ गर्ने भएको छ ।
चीनको हान्झाउमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
चीनको हान्जाउमा सोमबार भएको लक्की ड्रमार्फत नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो।
भारतलाई पराजित गर्न सके नेपालले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। नेपालले माल्दिभ्स र मंगोलियालाई ठूलो अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो ।
अन्तर्राष्ट्रिय टी–२० मा पहिलोपटक नेपाल र भारत आमने-सामने हुँदैछन्। विश्वकपको कारण भारतले आफ्नो दोस्रो रोजाइको टोली पठाएको छ।
तर भारतले दोस्रो रोजाईको भनेर पठाएको टोली स्टार खेलाडीले भरिएको छ । भारतीय टिममा रहेका सबै खेलाडीले इन्डियन प्रिमियर लिग आईपीएल खेलिरहेका छन् भने धेरै खेलाडीले राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।
यस्तो छ भारतीय टोली-
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, शाहवाज अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिभम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह ।
वैकल्पिक खेलाडी – यश ठाकुर, साई किशोर, वेंकटेश ऐर, दीपक हुडा र साई सुदर्शन ।
धेरैले आज नेपालले भारतलाई हराउन सकेमा ठूलो उपलब्धि हुने बताएका छन् । किनकी भारतले एसियाली खेलकुदमा पठाएको टोली राष्ट्रिय टोली भन्दा कम छैन ।




