
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाको कपिलेश्वर क्रिकेट टिमको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा सम्पन्न वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता २०८० को उपाधि कपिलेश्वर टिमले जितेको छ ।
कूल १६ वटा टिमको सहभागितामा भएको वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा धनुषाको ललिया क्रिकेट टिमलाई कपिलेश्वर टिमले ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
गत वर्षदेखि शुरु भएको वडा स्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको कलिया क्रिकेट टिमले निर्धारित २० ओभरको खेलमा सबै विकेटको क्षतिमा ७३ रन जोड्यो ।

७४ रनको लक्ष्य सहित खेल मैदानमा उत्रेका कपिलेश्वर क्रिकेट टिमले २ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।
प्रतियोगितामा विजयी कपिलेश्वर टिमले ३० हजार नगद, शिल्ड, कप र प्रमाणपत्र तथा उपविजेता भएका ललिया क्रिकेट टिमले १५ हजार नगद, शिल्ड, कप तथा प्रमाणपत्र प्राप्त गरे ।
वडा दशै, दीपावली तथा छठ पर्वको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिकाका–१६ कपिलेश्वरका वडाध्यक्ष रामचन्द्र पञ्जियारको सक्रियतामा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता गत वर्षदेखि आयोजना हुँदै आएको छ ।
विजेता तथा उपविजेता टिमलाई नगद शिल्ड, कप तथा प्रमाणपत्र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह तथा उपप्रमुख किशोरी साहले प्रदान गर्नुभएको थियो ।