औरही(महोत्तरी) - महोत्तरीको औरही नगरपालिका वडा नं. २ बाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन्। गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन्।
घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन्। सम्पर्कमा आएपनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ। ‘उनीहरु घर फर्कन चाहेका छैनन्, हामी मेयरका घरमा जान्छौँ भनेका छन्, किशोरीहरुलाई उद्धृत गर्दै इप्रका गौशलाका इन्चार्ज इन्स्पेक्टर मनोज यादवले भने।’
घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन। प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको इप्रका गौशलाका इन्चार्ज इन्स्पेक्टर यादवले जानकारी दिए। आफूहरुलाई घर नफर्काउन अडान लिएका किशोरीहरुलाई प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ।
सम्बन्धित समाचार




