
हरेक बर्ष स्लो वाइक रेसिङ्ग प्रतियोगिता आयोजना गर्दै आएको बर्दिवास युथ कलवले यो बर्ष पनि आयोजना गर्ने भएको छ ।
`बिस्तारै हाकौ लामो जीवन जिऔ भन्ने मुख्य नाराका साथ आयोजना हुने उक्त कार्यक्रम २६ कात्तिकमा निर्धारण भएको हो ।
तिव्र गतिका कारण दुर्घटना परेर अंगभंग र ज्यान समेत जाने विषयलाई मध्यनजर गर्दै जनचेतना प्रवाह गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरेको युथ कलवका अध्यक्ष सुरज खडकाले वताए ।
नगर क्षेत्रभित्र विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको क्लवले २०७६ सालदेखी नै यस्ता सचेतनामुलक कार्यहरु गर्दै आएको छ ।
प्रतियोगितामा सहभागी उत्कृष्ट प्रतियोगीले २२ हजार ५ सय ५०, दृतिय हुनेले १० हजार ५ सय ५५ र तृतीय हुनेले ५ हजार ५ सय ५५ प्राप्त गर्ने आयोजक कलवले जनाएको छ ।
यो वाइक रेसिङ्ग यो पटकसम्म चौथो शृङ्खला भएको युथ कलवले जनाएको छ । खेलकुद सम्बन्धी गतिविधिको लागी नगर खेलकुद समितिले पनि युथ कलवसगँ नै सम्झौता गरेको छ ।
नगरवाट हुने हरेक गतिविधि बर्दिवास युथ कलवको माध्यमवाट नै हुने नगर खेलकुद समितिका अध्यक्ष दिपेन्द्र शिवभक्तीले जानकारी दिए ।
झण्डै ५२ जना सदस्यहरु रहेको उक्त कलवले आगामी दिनमा सामाजिक समस्याहरुलाई पहिचान गरि अभियान नै नाएर काम गर्ने जनाएको छ ।
आज एक पत्रकार सम्मेलनका विच युथ कलवका सदस्यहरु कृष्ण कार्की, राजिव थापा, विपुल काफ्ले, विकेश गौतम र सचिव सुदर्शन पर्साईले युवा तथा खेलकुदको क्षेत्रमा कलवले महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि प्रतिबद्धता जनाएका छन ।