काठमाडौं। यस वर्षको भाइटिकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार किजा पूजा र भाइटिकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।



शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार (आज) गाई पूजा, मंगलबार (भोलि) गोवर्द्धन पूजा÷म्ह पूजा मनाइँदै छ ।





