
न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकटको फाइनलमा प्रवेश गरेको छ ।
३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डलाई ३२७ रनमा अलआउट गर्दै भारतले उपाधि भिडन्त पक्का गरेको हो ।
मुम्बईंस्थित वानखेडे स्टेडियममा भएको ड्यारी मिचेलले १३४ रन बनाए पनि न्यूजिल्याण्डको हार टार्न सकेनन् । केन विलियम्सन ६९ रनमा आउट भएका थिए ।
कीवी टोलीलाई १३ बल अगाडी नै अलआउट गर्ने क्रममा भारतका मोहम्मद शामीले सात विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ५७ रन मात्रै दिएका थिए ।
एकदिवसीय खेलमा ७ विकेट लिने शामी भारतको पहिलो बलर बनेका छन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूरै ओभर खेलेर ४ विकेट क्षतिमा ३९७ रन बनाएको थियो ।
भारतको लागि विराट कोहली र श्रेयस अय्यरले शतकीय पारी खेले। विराटले ११३ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ११७ रन बनाए ।यो विराटको ५०औं शतक हो । उनले सर्वाधिक ४९ शतक बनाउने सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् ।
श्रेयसले भने ७० बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै १०५ रन बनाए। केएल राहुल ३९ र शुभमन गील ८० रनमा अविजित रहे । कप्तान रोहित शर्माले ४७ रनको योगदान गरे ।
न्यूजिल्यान्डको लागि टिम साउथीले ३ विकेट लिए। दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।