
आइतबार नरेन्द्र मोदी रंगशालामा भएको खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै छैटौं पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गर्नुका साथै उपाधि जितेको अस्ट्रेलियाले ठूलो पुरस्कार राशि पनि सुरक्षित गरेको हो । तर, अस्ट्रेलिया मात्र होइन, भारतीय टोलीले पनि ठूलो रकम पाउनेछ ।
र, यो रकम यति ठूलो हुनेछ कि अष्ट्रेलियासँगै भारतिय टिमका खेलाडी पनि धनी बन्नेछन् । त्यतिमात्र होइन् सेमिफाइनल पुग्ने र नकआउटमा पुग्न नसकेका सबै टोलीलाई पनि पुरस्कार राशि दिइनेछ । कुन टोलीमा कति पैसाको वर्षा हुँदैछ थाहा पाउनुहोस्।
सेमिफाइनलका दुवै टोलीले पाउनेछन् यति रकम
सेमिफाइनल पुग्ने दुवै टोली न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले आठ लाख अमेरिकी डलर (प्रत्येक टोलीलाई १०.३६ करोड रुपैयाँ) पुरस्कार स्वरूप पाउनेछन् ।
नकआउट पुग्न नसकेको टोलीले यति पाउँछन्
आईसीसीले नकआउट राउण्डमा पुग्न नसकेका ६ टिमलाई पनि रकम दिने छ । यी ६ टिमले एक लाख डलर (करिब १ करोड ३२ लाख रुपैयाँ) पुरस्कार पाउनेछन् ।
विजेता र उपविजेताले यति पाउनेछन्
भारतलाई हराएर च्याम्पियन बनेको अष्ट्रेलियाली टोलीले पुरस्कार राशिको रूपमा करिब ४० लाख डलर (करिब ५२ करोड ६० लाख रुपैयाँ) र उपविजेता भारतले २० लाख डलर (अर्थात करिब २५ करोड ५० लाख रुपैयाँ) पुरस्कार राशि प्राप्त गर्नेछ ।