भैरहवा- रुपन्देही को भैरहवा मा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रुप मा संचालन गर्न को लागि शुक्रवार भैरहवा लगायत आसपास क्षेत्र का जनता, सामाजिक संघ संस्था ले सिद्धार्थ सञ्जाल को आव्हान मा जनदबाब र्याली तथा विरोध प्रदशन गरेका छन् ।
र्याली भैरहवा को देवकोटा चोक मा सबै जम्मा भएर वैंकरोड, मिलनचोक, नारायण पथ हँदै बुद्ध चोक मा समापन गरिएको र र्याली मा लुम्बिनी प्रदेश का गृह मन्त्री, लुम्बिनी प्रदेश का माननिय,सिद्धार्थनगर नगरपालिका नगरप्रमुख लगायत विभिन्न संघ संस्था वाट उपस्थिती रहेको थियो।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दै गत कात्तिक १३ गते सिद्धार्थ सञ्जाल ले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
बुद्ध चोक मा गरिएको समापन कार्यक्रम मा सिद्धार्थ सञ्जाल का अध्यक्ष अनिल कुमार ज्ञवाली ले सञ्जाल को आव्हान मा सबै ले ऐक्यबद्दता जनाएको मा धन्यवाद दिदैं अन्तर्राष्ट्रिय एयरपोर्ट पुर्ण रुप मा संचालन नभए सम्म सबै ले साथ दिन अनुरोध गरेका छन् । शुक्रवार जनदवाव र्याली गरिएको र आईतवार देखि माग पुरा नभए सम्म विमानस्थल अघि धर्ना, सोमवार वाट ट्रावल एजेन्सी लाई टिकट नकाट्न अनुरोध गर्ने लगायत आन्दोलन का विभिन्न कार्यक्रम जारी रहने र यस को लागि सबै को साथ र समर्थन जरुरी रहेको हुनाले भैरहवा वासी लगायत यस क्षेत्र का सम्पुर्ण ले समर्थन गर्न अनुरोध गरेका छन् । एयरपोर्ट सन्चालन नगर्ने भए किन वनाएको भनेर जनता लाई सरकार ले जवाफ दिनुपर्ने ज्ञवाली ले थप वताए ।

सिद्धार्थनगर नगरपालिका का नगर प्रमुख ईस्तियाक अहमद खान ले सिद्धार्थनगर भैरहवा मा रहेको अन्तर्राष्ट्रिय एयरपोर्ट पुर्ण रुप मा संचालन नआउँदै पोखरा मा वनाउने अनि फेरी अर्को ठाउँ मा वनाउने तर संचालन लाई कुनै पहल सरकार ले नगरेको वताएका छन्।सामान्य एउटा घर वनाउन लाई मानिस ले धेरै सोचेर वनाउने तर अर्वो लागेर वनाईएको एयरपोर्ट मा सरकार को कुनै सोच नभएको र वनाउने मात्र काम गरेर कमिसन खाने वाहेक अरु कुनै काम नगरेको वताए।
लुम्बिनी प्रदेश का गृह मन्त्री सन्तोश पाण्डे ले नेपाल भनेको काठमाडौं मात्र हो भन्ने सोच हटाउन पर्ने र आफ्नो प्रदेश को अधिकार को लागि आन्दोलन गर्न पनि पछि नपर्ने र आवश्यक्ता परे सरकार छोडेर पनि आन्दोलन गर्ने वताएका छन् । एयरपोर्ट पुर्ण रुप मा संचालन को लागि सिद्धार्थ सञ्जाल ले गरेको आन्दोलन लाई समर्थन रहेको र आन्दोलन नगरे सम्म शक्ति नदेखाए सम्म यहाँ माग पुरा नहुने गरेको वताएका छन्।
समापन कार्यक्रम मा विभिन्न संघ संस्था का प्रतिनिधी हरु ले सबै को सामुहिक माग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रुप मा संचालन रहेको र संचालन को लागि गरिने जस्तो सुकै आन्दोलन मा समर्थन र साथ रहेको वताएका छन्।


