भैरहवा-भारत सरकारले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । निर्यात प्रतिबन्ध का कारण सुनौली नाकाबाट नेपाल आउने प्याज बोकेका धेरै ट्रक रोकिएका छन् ।
ईन्डो नेपाल न्युज अनुसार सुनौली नाकाबाट नेपालतर्फ आउँदै गरेको प्याज बोकेको ट्रकलाई सुनौली भन्सार का अधिकारीले रोकेका थिए ।
भारतमा प्याजको मूल्य बढ्दै गएपछि भारत सरकारले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको देखिन्छ । भारतिय केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयको निर्देशनमा वैदेशिक व्यापार महानिर्देशकले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
बिहीबार राति जारी भएको आदेशपछि तत्काल प्रभावबाट सबै जातका प्याज निकासीमा प्रतिबन्ध लगाइएको बताइएको छ । देशभर प्याजको बढ्दो भाउ नियन्त्रण गर्न नेपालसहित सबै देशमा प्याज निकासीमा प्रतिबन्ध लगाइएको भन्सार अधिकृत एसके पटेलले जानकारी गराए।




