बरामद भएको सुन।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले गए राति साढे ६ केजी सुन बरामद गरिएको सेतोपाटीलाई बताए।

फ्लाई दुबईबाट आएका विदेशी नागरिकको साथबाट उक्त सुन बरामद भएको हो। सुन बोकेका एक जना र शंकास्पद एक जना गरी २ जनालाई पक्राउ गरिएको उनले बताए।
यसअघि विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो।




