धनुषा- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज धनुषाको औरही गाउँपालिकामा आउँदै हुनुहुन्छ।
धनुषा निर्वाचन क्षेत्र नम्वर २ का पूर्व सभापति स्व. राजकिशोर सिंहको शालिक अनावरण गर्न सभापति देउवा औरही आउन लाग्नु भएको हो।
औरही गाउँपालिका-४ मा हुन लागेको शालिक अनावरण कार्यक्रममा सहभागी हुन सभापति देउवा एक बजे हेलिकप्टरबाट औरहीमै आउने कार्यक्रम रहेको नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिनुभएको छ।
सभापतिको अन्य कुनै कार्यक्रम नरहेको जानकारी दिँदै सभापति पजियारले धनुषा जिल्लाका सम्पूणर् नेपाली कांग्रेसका सदस्यहरुलाई औरहीमा हुन लागेको शालिक अनावरण कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।
उहाँ संगै नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादव, नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि लगायतका नेताहरु कार्यक्रममा सहभागी हुने सभापति पजियारले जानकारी दिनुभयो।




