भैरहवा- मुग्लिङ वाट नारायणगढ तर्फ आउदै गरेको भारतिय नम्वर प्लेट JH02W9631 रहेको ट्रक वाट चितवन प्रहरी ले ३९६ किलो लागु औषध गाँजा वरामद गरि ट्रक सहित २ जना लाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्ने मा नियन्त्रण मा लिईएको ट्रक को चालक भारत उत्तर प्रदेश,सम्बल जिल्ला बैजई थाना पूरा गाँउ बस्ने ४५ वर्षिय अनिल गिरी र सोहि ट्रकमा सवार भारत उत्तर प्रदेश सम्बल जिल्ला केलादेवी थाना अपावती कुतवपूर गाँउ बस्ने ३७ वर्षिय राजपाल सिंह रहेको प्रहरी ले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी उपरीक्षक रामेश्वर कार्की समेतको प्रहरी टोलीले प्रहरी लाई प्राप्त सूचनाको आधारमा भरतपुर महानगरपालीका वडा नं. १ को लोकमार्ग सडक खण्डमा पुष ३ गते बिहान ०५:०० बजेको समयमा मुग्लिङ तर्फबाट नारायणगढ तर्फ आउदै गरेको भारतिय नम्वर प्लेट भएको सवारी साधन (ट्रक) लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको क्याविनको भागमा फल्स बटम बनाई सो फल्स बटममा प्लास्टिकले बेरिएका २८ वटा पोका बनाई लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ३९६ किलो ग्राम फेला पारी ट्रक चालक र सहचालक लाई नियन्त्रण मा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवन ले जनाएको छ।




