महोत्तरी- मटिहानी स्थित लक्ष्मी नारायण मठमा श्री हरि सत्सङ्ग समिति नेपालले आयोजना गरेको ६ महिने व्यास प्रशिक्षणको दिक्षान्त समारोह मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल प्रमूख आतिथ्यमा सम्पन्न भएको छ।
उक्त ६ महिने व्यास प्रशिक्षणमा नेपालका विभिन्न जिल्लावाट व्यास प्रशिक्षार्थी साधवीहरुको सहभागिता रहेको थियो ।६ महिना सम्म चलेको उक्त व्यास प्रशिक्षणमा आध्यात्मिक चेतनाको बिकास, समाजमा बढ्दो विकृतिबारे चेतना लगायत धार्मिक ग्रन्थ रामायण र बेदका बारेमा ज्ञान दिएको छ ।
उक्त दिक्षान्त समारोहमा श्री हरि सत्सङ्ग समिति नेपालको राष्ट्रिय अध्यक्ष भिखमचन्द सरल , अन्तर्राष्ट्रीय महामंत्री अनिल मानसेरिया शसस्त्र प्रहरीका नायब महानिरीक्षक दिनेश मल्ल . श्री हरि सत्सङ्ग समिति नेपालको केन्द्रिय उपाध्यक्ष बिजय झुनझुनबाला, महोत्तरी जिल्ला अध्यक्ष रंजीत साह,व्यास प्रशिक्षार्थी साधवीहरुको लगायतकाको उपस्थिति रहेको थियो ।


