बर्दिबास- सबैका लागी हामी संस्थाको आयोजनामा न्यानो अभियान -२ बालबालिका संग कार्यक्रम को शुभारम्भ भएको छ।

महोत्तरीको बर्दिबास नगरपालिकाको खैरमारा झ्याउरे भाङ्रे स्थित लक्ष्मीबास मा वि बाट अभियान को थालनी गरिएको हो ।

न्यानो अभियान अन्तर्गत आज बर्दिबास १० ,११ र ५ वडाका ५९ वालवालिकाहरूमा न्यानो कपडा डाउन ज्याकेट ,ट्राउजर तथा टोपि बितरण गरिएको हो । अभियान हाललाई बर्दिबास नगर का २२ स्कुल मा सन्चालन हुने र थप सहयोग जुटे अन्य बिद्यालयहरुमा पुग्ने लक्ष्य रहेको यस अभियानका संयोजक सन्जित लामाले जानकारी दिए ।

बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले उक्त कार्यक्रमको उद्घाटन गर्दै यस संस्थाको कार्य सराहनिय रहेको बताए ।

सो अवसरमा बर्दिबास नगरपालिकाका उप प्रमुख तारा देबि महतो , बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी , बर्दिबास वडा नम्बर १० का वडा अध्यक्ष प्रमोद मोक्तान ,बर्दिबास उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खड्का लगायतको उपस्थिती रहेको थियो ।





