भैरहवा- रुपन्देही प्रहरी ले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १२ लोखडिया वाट अवैध रुप मा भारत वाट नेपाल तर्फ भंसार चोरी छलि गरि लिएर आउँदै गरेको १५६० के जी प्याज र सो प्याज को तस्करी मा प्रयोग गरिएको आठ वटा मोटरसाईकल नियन्त्रण मा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले लुम्बिनी लोखडिया मा शुक्रवार वेवारिसे अवस्था मा ३९ बोरा (१५६० के.जी ) प्याज र तस्करी को लागि प्रयोग गरिएको ८ वटा मोटरसाईकल बरामद गरेको र वरामद प्याज को मुल्य ४ लाख ७१ हजार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
बरामद गरिएको मोटरसाईकल र प्याज थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहीया पठाईएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।


