जनकपुर - जनकपुरधामको बसपार्कबाट एक बस चोरी भएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको छ ।
जनकपुरदेखि महोत्तरीको भिट्ठामोडसम्म संचालन हुने यो बस सोमवार बस पार्कमा पार्किंङ गरी राखिएको थियो ।
महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्रा संचालक रहेको उक्त बस अरू जिल्लामा बेवारिसे अवस्थामा रहेको जानकारी आएकोले थप बुझ्ने प्रयास डिएसपी अवालेले बताए ।
मंगलवार अपराहन्न ४ बजे बसपार्कमा जाँदा बस नदेखेपछि उजुरी आएको प्रहरीले जनाएको छ ।




