महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगपालिकामा बृहत परिवार नियोजन नि शुल्क स्थायी बन्ध्याकरण शिविरको शुभारम्भ भएको छ।

‘व्यवस्थित परिवार सुखको आधार’ भन्ने मुल नाराका साथ सन्तानको रहर पुगि सकेका दम्पतीहरुको लागि बन्ध्याकरण गराउने उद्देश्यले स्वास्थ्य कार्यालय धनुषाको आयोजना तथा सुनौलो परिवार नेपालको सहयोगमा सुरु भएको उक्त शिविरको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले बुधवार उदघाटन गरेका छन् ।




उदघाटन गर्दै मेयर यादवले क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित यस शिविरमा सन्तानको रहर पुगि सकेका दम्पतीहरुले सम्पर्क गरी सेवा लिनलाई सम्बन्धीत सबै नगरवासीलाई आग्रह गरेका छन् ।

सन्तानको रहर पुगि सकेका दम्पतीहरुको स्थायी बन्ध्याकरणकोमा महिलाहरुको लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी अपरेशन गरिने कार्यक्रममा रहेको क्षीरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य संयोजक रामबहादुर यादवले जनाए ।

उदघाटन कार्यक्रममा मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव प्रमोदकुमार यादव, स्वास्थ्य महाशाखाका प्रमुख इन्द्रजित रजक लगायको उपस्थिती रहेको थियो ।







