राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन मधेसका केहि पालिकाहरुमा दिपोत्सव मनाइनुको साथै मदिरा र माछामासु बिक्री गर्न नपाइने भएको छ।
माघ ८ गते भारतको अयोद्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको पनि कार्यक्रम रहेको सुखद अवसरमा जनकपुरधाम उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका, जलेश्वर नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाले सुचना प्रकाशित गर्दै नगरमा दिपावली मनाउन आग्रह गरेका छन् । त्यसैगरी सोहि दिन नगर भित्र मदिरा र माछामासु बिक्री नगर्न समेत आग्रह गरिएको छ।
सुचनामा राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन नगरभरि नै आफ्नो घर, पसलका दिप प्रज्वलन गर्दै दिपावली मनाउन तथा मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाएको उल्लेख गरिएको छ।
त्यसैगरी माघ ८ गते वीरगञ्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम समेत तय भएको छ।







