
भैरहवा- ट्रकमा लुकाएर लग्दै गरेको प्रतिवन्धित ५४२ किलो लागुऔषध गाँजा सहित प्रहरी ले दुई वटा ट्रक सहित २ जना लाई नियन्त्रण मा लिएको छ।
चितवन जिल्ला ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले गस्ती गर्दै जाँदा सोमवार विहान राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना.३.ख ६१२२ नं को ट्रक र ना.३.ख ७२४० नं को डिब्बा ट्रक मा सामान पल्टी गरी शंकास्पद अवस्थामा रोकी राखेकोले उक्त दुवै वटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना.३.ख ७२४० नं को डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवन ले जनाएको छ।

प्रहरी को प्रारम्भिक अनुसन्धान मा सो गाँजा धादिङको मलेखुबाट ना.३.ख ६१२२ नं को ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई पल्टि गरेको भनी पत्ता लागि ना.३.ख ७२४० नं डिब्बा ट्रक चालक धनकुटा जिल्ला छथर जोरपाटे गाउँपालिका वडा नं.३ बस्ने ३२ वर्षिय रमेशनाथ दाहाल र ना.३.ख ६१२२ नं को ट्रकमा सवार कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षिय खुशिराम थारु को साथै दुवै ट्रक र लागुऔषध गाँजा बरामद गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवन ले जनाएको छ।