महोत्तरी - महोत्तरीको विषहरामाई बचत तथा ऋण सहकारी संस्था ले आज शनिवार सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ।
औरही नगरपालिका ३ र ५ श्रीपुरका सदस्यहरूलाई लक्षीत गरी स्थानीय श्री सोन्फी दशै माध्यमिक विद्यालय श्रीपुरमा भएको सो तालिममा ५० जना भन्दा बढी सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
तालिममा सहकारीको परिभाषा, मूल्य,मान्यता ,सिद्धान्त ,बचत ,ऋण ,वित्तीय साक्षरता, सहकारी र बैंक बीच फरक तथा संस्थाको बारेमा सदस्यहरुलाई सचिव रामनारायण शाह ले प्रशिक्षण दिनुभयो

तालिममा सदस्यहरुले संस्थासँग गरेको कारोबारको अनुभव तथा आफ्नो जीवनको अनुभव आदान प्रदान गरेका थिए।
औरही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम केवल यादवले उद्घाटन गर्नुभएको सो तालिममा संस्थाकी अध्यक्ष गणिता यादव, कर्मचारी रामाश्रय यादव लगायतका उपस्थिति रहेको थियो।

औरही नगरपालिका वडा नम्बर ७ मा सञ्चालित यस संस्थाले नियमित रूपमा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम दिइरहेका छन्।

आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने संस्थाकी अध्यक्ष यादवले बताउनु भयो।




