भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला को विभिन्न ठाउँ वाट भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको विभिन्न सामान हरु शनिवार बरामद गरेको छ ।
बरामद गरिएको सम्पुर्ण सामान हरु को अनुमानित मुल्य १ लाख ८२ हजार ५ सय ९२ रहेको र सम्पुर्ण सामान हरु लाई थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।
ईलाका प्रहरी कार्यालय मझगवा वाट खटिएको प्रहरी टोली ले कोटहीमाई गाउँपालिका वडा नं ५ तुनिहवा वाट ३१ हजार ५ सय ९२ वरावर को विभिन्न तरकारी हरु र वडा प्रहरी कार्यलय भैरहवा वाट खटिएको प्रहरी टोली ले सिद्धार्थनगर नगरपालिका वडा नं ८ कान्छिवजार वाट ६० हजार मुल्य वरावर को २० बोरा प्याज बरामद गरेको जनाईएको छ।
साथै प्रहरी चौकी मर्यादपुर वाट खटिएको प्रहरी टोली ले मायादेवी गाउँपालिका वडा नं ६ शिवपुर गोनाह मा लु ९ प ४६४२ नम्वर को मोटरसाईकल वाट अनुमानित मोटरसाईकल सहित को ३१ हजार मुल्य को र प्रहरी चौकी मेउडिहवा वाट खटिएको प्रहरी टोली ले सिद्धार्थनगर नगरपालिका वडा नं २ किशोरपुर वाट प्याज र मटर गरि अनुमानित ६० हजार रुपैँया को सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।