
पर्सा । बिहेको भोजमा बेहुली पक्षले माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न भएको छ । खानाको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको थियो ।
घटना पर्साको हो । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं–४ को मधवल टोलमा अघिल्लो सोमबार बेहुला पक्षधरहरूले खानामा माछा नखुवाएको केटा पक्ष दुलही नलिइए गएका थिए । दुई पक्षबीच कुटाकुट भयो । बेहुलाका बुबा घाइते भएका थिए । त्यसपछि बिहे नै भाँडिएको थियो ।
गत सोमबारदेखि नै दुवै गाउँका अगुवा समाजसेवीहरूले बिहे हुनुपर्ने अडान राख्दै निरन्तर छलफलमा लागेका थिए । छलफलमा अगुवाहरूले फेरि बिहे गराउन दबाब दिए ।
बेहुला र बेहुलीका परिवार लगायत आफन्तहरू रद्द गरिएको बिहे राजी खुसीका साथ फेरि गर्न तयार भए ।सोमबार राति फेरि विवाह भएको हो ।सहमतिमा पुगेसँगै गए राती अबेर बिहे सम्पन्न भएको छ । तर, दुलही पक्षको भने खर्च दोहोरो खर्च भएको छ ।नेपाल भ्युज