जनकपुरधाम - धनुषामा सडक दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका-५ बस्ने ३५ वर्षीय कैलास साह रहेका छन्। उनी लोसपाका भंगहा- ५ का अध्यक्ष तथा निर्माण व्यवसायी हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले साह ढल्केवरबाट जनकपुर तर्फ आउने क्रममा मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटनामा परेको थियो । उनि मधेश प्रदेश ०२-००७ प ४२६४ नम्बरको मोटरसाइकलमा सबार भई हिडेको बेला सोमवार राति जनकपुर-ढल्केवर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटना भएको थियो ।
राति करिब साढे १२ बजे दुर्घटना हुँदा गम्भीर घाइते उनलाई उपचारको लागि ढल्केवर स्वास्थ्यचौकी पश्चात प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो ।उनको उपचारको क्रममा आज विहान ३ बजे मृत्यु भएको डिएसपी अवालेले बताए।डिएसपी अबालेका अनुसार मोटरसाइक मै सवार अन्य एक व्यक्ति मोटर साइकल सहित फरार छन्। फरार व्यक्तिको खोजी र घटना विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




