बर्दिवास- बर्दिवास नगरपालिकाको कार्यालय आफ्नै नवनिर्मित प्रशासनिक भवनको विधिवत उदघाटन गरिएको छ ।
बर्दिवास नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्री र उपप्रमुख तारादेबी महतोले बुधवार बिधिबत रुपमा पुजा अर्चना गरी प्रशासनिक भवनको उदघाटन गरेका हुन् ।

प्रशासनिक भवनको विधिवत उदघाटन भएपछि अब नयाँ वर्ष २०८१ देखि यहि कार्यालय संचालन हुने नगर प्रमुख क्षेत्रीले जानकारी दिए।
आर्थिक बर्ष २०७८-0७९ मा एम पियुस र ओमनिल कन्डजेभि फाईनन्स तिनकुने काठमांडौसंग सम्झौता भई बर्दिवास नगरपालिकाको वडा नम्बर १४ स्थित २४ कठ्ठा क्षेत्रफल रहेको नगरपालिकाको आफ्नै स्वामित्वको जग्गामा ९ करोड ९७ लाख २४ हजार १ सय ८७ रुपियाँ लागतमा सम्पन्न हुन लागेको बहुबर्षे आयोजना अन्तर्गत तीन बर्षभित्र सम्पन्न भएको हो ।

नबनिर्मित भबनबाट २०८१ साल बैशाख महिनादेखी नगरपालिकाको प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिक स्वास्थ्य लगायत सम्पुर्ण शाखाहरूले सेवा प्रवाह गर्ने नगरपालिकाका अधिकृत मुरारी प्रसाद तिमल्सिनाले जानकारी दिए ।




