महोत्तरी- मटिहानी नगरपालिकाका अग्नी पीडित परिवारजनलाई आज राहत वितरण गरिदैछ ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले अग्नी पीडित सबै परिवारलाई आज प्रारम्भिक रुपमा राहत वितरण कार्य सुरु गरेको बताए।

मटिहानी नगरपालिकाको आकष्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेअनुसार वितरण गरिएको हो ।




मटिहानी ६ जरलहवा भगवती टोलमा लागेको भीषण आगलागी ७ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीले १२५ घर जलेर खरानी भएको छ । मटिहानी नगरपालिका ६ जरलहवागाछी टोलमा दउँसो १२ बजे एउटा घरबाट सल्केको आगोले वस्ती चपेटामा परेको थियो । तातो हावा चलेको कारण आगो नियन्त्रण गर्न कठिन बनेको थियो ।

धनुषा, महोत्तरी र भारतीय गरी १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

धानुक, मुस्लिम, पासवन, मलाह, बिन लगायतको विपन्न वस्तीमा काठ र माथि एलिवेस्टरले छाएको घर थियो ।

त्यसैगरी अहिले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अहिल थप राहत को लागि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बैठक बसिरहेकोछ ।




