महोत्तरी- औरही नगरपालिकामा संचालित ३ महिने सिलाई कटाई तालिम शुक्रबार सम्पन्न भएको छ । औरही नगरपालिकाकाे महिला बालबालिका तथा जेष्ठनागरिक शाखाद्वारा वडा ३ र ५ मा संचालन गरिएको ३ महिने सिलाई कटाई तलिम शुक्रबार सम्पन्न भएको हो ।
तालिममा सहभागी २९ जना महिलाहरुलाई समापन समारोहमा प्रमाणपत्र सहित दलित बिपन्न १० जना महिलाहरूलाई रोजगारमा शिप सहित रोजगारमा संलग्न हुनको लागि एक-एक थान सिलाइ मेसिन समेत औरही नगरपालिकाले उपलब्ध गराएको छ ।समापन समारोहमा शिपमुलक तालिमको माध्यमले नगरपालिकाबाट बेरोजगार समस्या समाधान गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्काले बताए।औरही नगरपालिका ३ र ५ बाट सहभागी भएका महिलाहरु ४५ दिनको तालिम पश्चात् सोही स्थानकी रेनु कुमारी बिनको रोजाइमा पनि सिलाइ कटाइ परेको छ । उनले पनि आकर्षक डिजाइनको कपडा सिलाउने तालिम पूरा गरेकी हुन् ।




आकर्षक तरिकाले कपडा सिलाउन गाउँ घरमा वा बजार पुग्ने महिलाहरूलाई गाउँमै सेवा दिएर आम्दानी गर्ने उद्देश्यले आफू सिलाइ कटाइ पेशामा लागेको रेनु कुमारी बिनको कथन छ ।‘आजभोलि सबैले आकर्षक डिजाइनका कपडा सिलाउन चाहन्छन्’ उनले भनिन्, ‘तर, गाउँमा त्यो सुविधा छैन । गाउँमै राम्रो सिलाइ कटाइ गर्ने टेलरिङ पसल सञ्चालन गर्नसके सेवासँगै आम्दानीसमेत हुने भएकोले पसल खोल्ने तयारीमा लागेकी हुँ ।’अघिल्लो वर्ष तीनमहिने तालीम र यो वर्ष ४५ दिने सिलाइ कटाइ तालिम दिएपछि औरही नगरपालिकाका महिलाहरू आफ्नै खुट्टामा उभिन सफल भएको औरही नगरपालिका नगर प्रमुख खड्का बताउँछन् । अब कोहि पनि महिला घरमा यस्तै बेरोजगार नबसी सबैले स्वरोजगार बनेर आफना जिविकोपार्जन आफैले गरुन भन्ने उद्देश्यले यो तालिमको आयोजना गरी महिलाहरुलाई सिलाई कटाइ गर्ने तरिका सिकाइएको खड्काले बताउनुभयाे ।

तालिममा सहभागी भएका सबै महिलाहरु आधारभुत सिलाई कटाईमा दक्ष भएको बताउँदै नगर प्रमुख खड्काले अब उनिहरुले सिलाई कटाई गरेर नै राम्रो आम्दानी गर्न सक्ने बताउनुभयाे। तालिममा सहभागी महिलाहरुलाइ आफनो निगरानीमा सिलाई कटाई तालिम गराएको महिला बालबालिका शाखा प्रमुख सबिना यादवले बताउनुभयाे।
कार्यक्रममा औरही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष,सोनफी दसौं माबि बिधालयका प्राध्यापक,स्थानीय लगायत औरही नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेकोे थियो ।





