
काठमाडौँ - आगामी ५ वर्षभित्रमा सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै ५ वर्षभित्रमा सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गर्ने बताएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा जाने प्रेरित गरिने बताए ।
विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक अनौपचारिक शिक्षा प्रदान गरिने बताए । प्रारम्भिक तथा बालविकास शिक्षा प्रणालीमा परिमार्जन गरिने सरकारको योजना रहेको छ ।