जनकपुरधाम - नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेश्रो पटक पुनः तीन दिन म्याद थपको लागि धनुषा अदालतले अनुमति दिएको छ । दोस्रो पटक आज जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले तीनदिन हिरासतमा राखेर अनुसन्धन गर्न धनुषा प्रहरीलाई अनुमति दिएको हो ।
उनलाई तेश्रो पटक जिल्ला सरकारी वकिलको कार्यालयले पुनः ५ दिन म्याद थपको लागि सिफारिस गरेको थियो । यधपी तीनदिनको म्याद थपको अनुमित दिएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।
गत शुक्रबार थप गरिएको तीनदिनको म्याद आज सक्किन लागेपछि तेश्रो पटक धनुषा जिल्ला अदालतमा पेश गरिएको थियो । यधपी आज उनलाई काव्य अस्पतालबाट एम्बुलेन्स मार्फत सरकारी वकिलको कार्यालयमा लगेर म्याद थपको लागि सिफारिस गरिएको थियो । स्वास्थ्य अवस्था ठिक नभएको कारणले सरकारी वकिलको कार्यालयबाट पुनः अस्पताल लगिएको थियो ।

नागरिकता दुरुपयोग सम्बन्धि कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एकसातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो । उनको अहिले सोही अस्पतालमा प्रहरीको निगरानीमा उनको उपचार अस्पतालमा भइरहेको छ ।
गत मंगलबार सिरोहियालाई काठमाडौं स्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइयो । शुक्रबार पुनः ३ तीनको म्याद थपिएको थियो ।




