बिमला कुमारी शर्मा,गौशाला(महोतरी)- गौशाला नागरपालिका स्थित विभिन्न धार्मिक स्थलहरुको सरसफाई कार्यक्रम गरि १७ औ गणतन्त्र दिवस मनाइएको छ ।
देशमा गणतन्त्रको स्थापना भएको दिन आज दिवसको रुपमा मनाइएको छ।




गणतन्त्र दिवस २०८१ को अवसरमा गौशाला नगपालिकाको वडा .न. ५ को वडा अध्यक्ष ओम प्रकाश गुप्ता, युवा नेता किशोर साह को उपस्थिति र इलाका प्रहरी कार्यालय गौशाला , ट्राफिक प्रहरी कार्यालय गौशाला र सस्त्र प्रहरी वाल नेपाल (APF) को नेतृत्वमा गौशाला बजारमा रहेको एतिहशिक धार्मिक स्थल दुर्गा मन्दिर र जल्पा माइ मन्दिरको सरसफाई गरि गंणतन्त्र दिवस मनाइएको हो।

पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ।





