
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मधेस प्रदेशको अध्यक्षमा रुद्रसेन विश्वकर्मा चयन भएका छन । प्रतिष्ठानको केन्द्रिय नेतृत्वको उपस्थितिमा बुधबार बर्दिवासमा भएको कलाकर्मिको भेलाबाट अध्यक्षमा विश्वकर्मा सहित १३ जनाको कार्य समिति सर्वसम्मत चयन भएको छ ।
उपाध्यक्षमा सुनिता बराल, सचिव विनोद ढुङ्गेल,कोषाध्यक्ष राधा गौतम,सदस्यहरुमा रुबि झा,सरोज कुमार सन्त,शर्मिला रमौली,दिपक शर्मा,तेज नारायण शर्मा,सारथी लामा,नीर कुमारी बिक,अरुणा चौधरी,राधा शर्मा,सरोज सन्त चयन भएका राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य कृष्ण प्रसाद गौतमले जानकारी दिनुभयो ।
कर्यसमिती चयनपछी माइनट र संस्थाको बिधान अध्यक्षलाई हस्तान्तरण गर्दै केन्द्रिय अध्यक्ष रिता थापाले बिधान अनुसार मधेस प्रतिष्ठान चलाउन आग्रह गर्नुभयो ।
मधेसमा लोक तथा दोहोरी गित प्रतिष्ठान समिती गठन गर्नुलाई एतिहासिक दिन भन्दै अध्यक्ष थापाले कलाकर्मिको हित र भलाईका लागि केन्द्र संधै साथमा छ भन्ने विश्वास सहित अघि बढ्न सुझाव दिनुभयो । मधेसमा प्रतिष्ठानको बीउ रोपिएकाले अब कलाको बिरुवा हुर्कने, फुल्ने, फक्रने र फल्ने आशा र विश्वास रहेको थापाले बताउनुभयो ।
भेलामा संगठन विभाग प्रमुख सुवास केसिले प्रतिष्ठानको सांगठनिक इतिहास र अवस्थाबारे जानकारी गाराउनु भएको थियो । उपमहासचिव शिरीष देवकोटाले प्रतिष्ठान लोक तथा दोहोरी गाउनेको नभएर सबै कलाकर्मिको संस्था भएको बताउनुभयो ।
महोत्तरी जिल्लाबाट केन्द्रिय समितिमा नेतृत्व गरीरहेका कृष्ण प्रसाद गौतमको पहलमा भएको भेलामा कार्यक्रम सहजीकरण गौतमले गर्नुभएको थियो ।
भेलामा अतिथिको रुपमा सहभागी होटल तथा पर्यटन व्यबसायी महासंघ मधेस प्रदेश अध्यक्ष हिरा गौतमले कलाकर्मी मधेसमा कमि छैन तर खोजी गर्ने र उजागर गर्ने नेतृत्वको कमि रहेको भेलाले महसुस गराएको बताउनुभयो ।