
महोत्तरी- महोत्तरीको बर्दिवास २ स्थित जन जागृति आधारभुत विद्यालयलय बुद्धचोकलाई शैक्षिक सामाग्रि कम्युटर र प्रिन्टर वितरण गरिएको छ ।
इन्द्र अन्नपूर्ण फाउण्डेशनको सहयोगमा बर्दिवास उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ बर्दिवासले समन्वय गरि एक कार्यक्रम विच सामाग्रि वितरण गरेको लायन्स क्लब बर्दिवास समाजका अध्यक्ष उमेश कुमार महतो दिपकले जानकारी दिनुभयो।

किताबी ज्ञान संगै प्रविधिमैत्री शिक्षा प्रदान गर्न विद्यालयले माग गरे अनुसार कम्युटर र प्रिन्टर विद्यालयलाई प्रदान गरेको इन्द्र अन्नपूणर् फाउण्डेशनका संस्थापक,समाजसेवी तथा बरिष्ट दन्त चिकित्सक डाक्टर सुवास घिमिरेले बताउनुभयो । विद्यालयको आवश्यकता मात्रै पूर्ति नभई विद्यार्थिको सिकाइमा पनि कम्युटर ज्ञान थपिने गरि विद्यालयले कम्युटरको प्रयोग गर्ने विश्वास घिमिरेले व्यक्ति गर्नुभयो । बर्दिवासमा आवश्यक ठाउ“मा आफ्नो सहयोग निरन्तर रहने पनि घिमिरेले प्रतिबद्धता जनाउनुभएको छ ।
घमिरेले विभिन्न संघ संस्था मार्फत बर्दिवासमा सामाजिक कार्यमा सहयोग प्रदान गर्दै आउनुभएको छ । इन्द्र अन्नपूणर् फाउण्डेशनबाट घिमिरेको सहयोगपछि विद्यालयमा २ थान कम्युटर र १ थान प्रिन्टर विद्यालयलाई प्रदान गरिएको लायन्स क्लब अफ बर्दिवासका अध्यक्ष महतोले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक अम्बिका प्रसाद दाहालले सहयोगको उच्च कदर गर्दै डाक्टर घिमिरे,बर्दिवास उद्योग बाण्ज्यि संघ र लायन्स क्लब अफ बर्दिवास समाज,लायन्स क्लब अफ काठमाण्डौ इन्द्र अन्नपुणर् योगालाई कदर पत्र समेत प्रदान गर्नुभएको छ । विद्यालयमा भएको एउटा कम्युटर बिग्रिएका कारण आवश्यक कार्यालयको काम गर्न र विद्यार्थिलाई कम्युटर सिकाउन शैक्षिक सामाग्रि प्राप्त भएपछि विद्यालयलाई निकै राहात मिलेको दाहालले बताउनुभयो ।
बर्दिवास नगरपालिका र वडा कार्यालयले पनि विद्यालयका आवश्यक्ता पुरा गर्न र शैक्षिक गुणस्तरमा चासो दिनुपर्ने उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बताउनुभयो । निजि क्षेत्रबाट आएको सहयोगले मात्रै विद्यालयमा समग्र विकास सम्भव नहुने भन्दै शिक्षामा लगानि गर्न उहा“ले आग्रह समेत गर्नुभयो ।

२०५८ सालमा स्थापना भएको विद्यालयको स्थिती धेरै राम्रो भैसक्न पर्ने भएता पनि त्यसो हुन नसक्नुमा विद्यालय व्यवस्थापनको पनि चासो कम भएको भन्दै प्रगति गर्ने गरि अघि बढेमा वडाले गर्ने सहयोगमा कमि नरहने वडा २ का अध्यक्ष धिरेन्द्र सिंहले बताउनुभयो ।
विद्यालय क्षेत्र शान्त, हराभरा र सफा राख्न वक्ताहरुले विद्यालय समिति र शिक्षकहरुलाई आग्रह गरेका छन् । उक्त विद्यालयलाई हरित विद्यालय बनाउ“न लायन्स क्लब अफ बर्दिवास समाजले एक हप्ता अघि मात्रै विद्यालय परिसरमा वृक्षारोपण गरेको छ ।