
भैरहवा- जोगीको भेषमा चोरी गर्ने दुई भारतिय नागरिक लाई प्रहरी ले काठमाडौं बौद्ध स्थित नयाँबस्ती वाट बिहीवार पक्राउ गरेको छ। पक्राउ पर्ने मा भारत हरियाणा कर्नाल घर भई हाल काठमाडौं को बौद्ध नयाँबस्ती बस्ने २६ वर्षिय देवु दया र सोही ठाउँ वस्ने वर्ष ४० की जेलिना रहेको काठमाडौं प्रहरी ले जनाएको छ। निज हरु ले १० आना को सुनको रिङ्ग दुई वटा अनुमानित मुल्य रु ९५ हजार को चोरेको जनाईएको छ।
सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं १२ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ३० सेतोपुल नजिक डेरा गरी बस्ने ३५ वर्षिय उर्मिला श्रेष्ठको कोठामा बिहीवार बिहान भिख माग्न आएका अपरिचित दुई जना जोगीहरुले निज उर्मिला श्रेष्ठ ले लगाएको कानका दुवै पट्टीको सुनको रिङ्ग खोली चोरी गरी फरार भएको भन्ने प्रहरी लाई सूचना प्राप्त भए पश्चात तत्काल प्रहरी वृत्त मालिगाउँबाट प्रहरी टोली परिचालन गरी खोजतलास गर्ने क्रममा काठमाडौं बौद्ध स्थित नयाँबस्तीबाट १ महिला र १ पुरुष गरि दुई जना मानिसहरुलाई चोरी भएको सुन सहित प्रहरी ले फेला पारेको छ। बरामद गरिएको सामान सहित निजहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त मालिगाउँ वाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौं ले जनाएको छ।