
बर्दिवास मेडिकल कलेज निर्माणार्थ रोटरी कलव अफ वर्दिवासले बृक्षारोपण गरेको छ ।
निर्माणस्थलमा काटिने १९६७ रुखको १० गुणा बढी बृक्षारोपण गर्नु भन्ने सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै आज बृक्षारोपण गरिएको हो ।
यसअघि बर्दिवास मेडिकल कलेजले १९ हजार ६ सय ७० विरुवा रोप्ने औपचारिक सुरुवात गरेसगैँ रोटरी कलवले आज मात्र १५ सय बिरुवा रोपेको कलवका अध्यक्ष बिष्णु पुरीले जानकारी दिए ।
बर्दिवास-५ स्थित मडहा खोलाको किनारमा बिरुवा रोप्ने मात्र हैन हुर्काउने प्रतिवद्वता सहित वृक्षारोपण गरेका छौ ।´ अध्यक्ष पुरीले भने । `अदालतले दिएको आदेश र निर्धारित ठाउँमा मेडिकल कलेज निर्माण प्रक्रियामा अगाडि वढाउने यो एउटा खुड्किला पनि हो ।´