
महोत्तरी- महोत्तरीको बर्दिवासमा हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखी २९ गतेसम्म आयोजना हुने शिव पुराण माहायज्ञमा सहयोगको क्रम ह्वात्तै बढेको छ ।
सडक मानव, बृद्व र असहायहरुको उद्धार, संरक्षणको लागि झन्डै ११ करोड लगानीमा निर्माण हुन् लागेको हाम्रो माया घरको आर्थिक संकलनार्थ आयोजना गरेको माहायज्ञको पारम्भिक चरणमा नै धमाधम सहयोगको घोषणा हुन थालेको हो ।यसै क्रममा मुल आयोजक समितिसँग भएको छलफलमा विभिन्न संघ, संस्था र ब्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्वता जनाएका छन ।
आज मोटर, पार्टस व्यवसायी संघ, औषधि व्यवसायी संघ, बर्दिवास हेल्प फाउन्डेसन र फर्निचर व्यवसायी संघसगँ भएको छलफलमा कोठा निर्माणदेखी आजिवन सदस्य वनाउनेसम्मको जिम्मेवारी लिएका छन ।
मुल आयोजक समितिका संयोजक हिरा गौतमका अनुसार बर्दिवास हेल्प फाउन्डेसनले आजिवन सदस्यका लागि संस्थाको नियमअनुसार जनही ५० हजार दिने प्रतिवद्वता जनाएका छन । त्यस्तै मोटर, पार्टस व्यवसायी संघले एउटा कोठा निर्माणवापत सहयोग गर्ने समेत वताएको संयोजक गौतमले जानकारी दिए ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहेको उक्त माया घर निर्माणार्थ नगर क्षेत्रका स्थानीयहरू उत्साहित देखिएका छन । अहिले माहायज्ञ सफल वनाउन विभिन्न विधामा १९ वटा उपसमिति वनाइएको छ ।
१ लाख भक्तजनहरु कथा श्रवन गर्न आउने अनुमान गरिएको माहायज्ञमा आवस्यक सम्पूर्ण व्यवस्थापन सकिएको मुल आयोजक समितिले जनाएको छ ।