
महोत्तरीको बर्दिवासमा हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखी २९ गतेसम्म आयोजना हुने शिव पुराण माहायज्ञमा धमाधम सहयोगको घोषणा हुन् थालेको छ ।
सडक मानव, बृद्व र असहायहरुको उद्धार, संरक्षणको लागि झन्डै ११ करोड लगानीमा निर्माण हुन् लागेको हाम्रो माया घरको आर्थिक संकलनार्थ आयोजना गरेको माहायज्ञ सुरु हुनुभन्दा अगाडी नै बर्दिवास उधोग बाणिज्य संघ तथा विभिन्न संस्थाहरुवाट घोषणाको क्रम बढेको हो ।
यसै क्रममा आज बर्दिवास उधोग बाणिज्य संघले ५१ हजार १ सय रुपैया घोषणा गरेको छ । सडक मानवहरुको आश्रयको लागि वन्न लागेको उक्त भवनमा यसअघि द पब्लिक टुडे पत्रिकाका अध्यक्ष रामनारायण महतोले ११ हजार १ सय ११ रुपैया घोषणा गरेका थिए ।
माहायज्ञ सकिदासम्म झण्डै २३ लाख खर्च हुने अनुमान गरिएको यो अभियानको अवधीमा खाना, आवास, अथिति व्यवस्थापन जस्ता विविध सहायक खर्चहरुमा पनि व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने प्रतिवद्वता जनाएका छन ।
मुल आयोजक समितिका संयोजक हिरा गौतमका अनुसार बर्दिवास हेल्प फाउन्डेसनले आजिवन सदस्यका लागि वनेर संस्थाको नियमअनुसार जनही ५० हजार दिने प्रतिवद्वता जनाएका छन । त्यस्तै मोटर, पार्टस व्यवसायी संघले एउटा कोठा निर्माणवापत सहयोग गर्ने समेत वताएको संयोजक गौतमले जानकारी दिए ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहेको उक्त माया घर निर्माणार्थ नगर क्षेत्रका स्थानीयहरू उत्साहित देखिएका छन । अहिले माहायज्ञ सफल वनाउन विभिन्न विधामा १९ वटा उपसमिति वनाइएको छ ।
१ लाख भक्तजनहरु कथा श्रवन गर्न आउने अनुमान गरिएको माहायज्ञमा आवस्यक सम्पूर्ण व्यवस्थापन सकिएको मुल आयोजक समितिले जनाएको छ ।