
महोत्तरीको बर्दिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको जग्गामा वडा कार्यालयको सिफारिस र कार्यपालिकाको निर्णय बिना दिनै नसक्ने मेयर प्रहलाद कुमार क्षेत्रीले स्पष्ट पारेका छन् ।
मेयर क्षेत्रीले नगरभित्रका सबै नागरिकको जनभावनाको कदर गर्दै सिफारिस समितिको बैठकमा गएर आयोगले माग गरेको उक्त जग्गा स्थानीय सरकारको सहमति रहनेमा ऐक्यवद्वता जनाएको कुरा झुठको खेती गरेर राजनितिक रंग दिन खोजेको उल्लेख गरे ।
उनले भने, 'अख्तियारलाई जग्गा दिने बिषयमा मैले कुनैपनी कदम चालेको भए पुष्टिगर्न चुनौती दिन्छु । अहिले बिभिन्न किसिमको गलत हल्ला (अफवाह) फैलाएर राजनितिक रुपमै मलाई बदनाम गराउने फोहोरी खेल बर्दिवास नगरपालिका भित्र भईरहेको छ ।' यस बारेे आफू गम्भिर रहेकाे बताए।
सो जग्गा आयोगलाई नगरपालिकाले दिनकालागि वडा नम्बर ३ बाट आयोगलाई जग्गा दिने भनि सिफारिस गरी कार्यपालिकाको बैठकबाट अनुमोदन गरेपछि मात्रै प्रक्रियामा आउने जानकारी मेयर क्षेत्रीले दिए।
उनले सरकारी स्वामित्वमा रहेको सो ग्गाको हकदार समेत स्थानिय सरकार हुन्छ, त्यसैले वडा नं.३ को सिफारिस बेगर जग्गादिने कुनैपनि प्रक्रिया अघि बढ्न नदिने बताए ।
बर्दिवास–३ स्थित गौरिडाडामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसँगै जोडिएको सो जग्गा आवासका लागी थप ६ कठ्ठा माग गरेपछी जग्गाको विषयमा स्थानियहरुले विरोध गरे पछि अहिले विवाद उत्पन्न भएको छ। उक्त जग्गा स्थानियहरुले आयोगलाई नदिने र दिनैपरे प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् ।