बर्दिवास- महोत्तरीको बर्दिवास नगरपालिका भित्र देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान हुने भएको छ ।
नगरपालिकाले फोहोरलाई मोहरमा रुपान्तरण गर्ने उदेश्यले नगरपालिका र हिटाहेभि मेशिनरी एन्ड रिसाईकल सेन्टर काठमांडौको सहकार्यमा नगरको घर,पसल,कार्यालय तथा कलकारखानाबाट दैनिक रुपमा निस्किने गरेको फोहरलाई उपयोग गर्ने विधि थाल्न लागिएको हो ।
यसकालागी नगरपालिकाले २० लाख तथा रिसाईकल सेन्टरले ५ कारोड् लागनी गर्ने छ ।
बर्दिवास नगरपालिका वडा नम्बर ६ स्थित मोडेल एगा्रे भिलेजको हाता भित्र सञ्चालनमा आउनलागेको यो योजनाको सोमवार बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सिल्यान्यास गरेका छन ।
फोहरलाई उपयोग गर्ने मेशीन सञ्चालनमा आएपछी नगरपालिकालाई रिसाईकल सेन्टरले कुल नाफाको १० प्रतिशतको दरले रोयल्टी तिर्नु पर्नेछ ।
कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई प्रशोधनगरी पुनः प्रयोगमा ल्याउने कार्य गरीने यो योजनाको मेशीन जापनिज प्रबिधिबाट बनेको हुने छ ।
यस्मा (सेक्रिकेटर मेशीन) कुहिने न कुहिने फोहर छुटयाउने मेशीन(ईन्सिनरेटर मेशीन) काम लाग्ने नलाग्ने फोहर छुटयाउने मेशीन(ग्लास क्रसर मेशीन) सिशा जन्य प्रशोधन मेशिन जडा्नगरी प्लाष्टिक जन्य फोहरलाई प्रशोधन गरेर मल्टिलियर प्याकेज अन्तरगत पुनः प्रयोगका लागि योग्य बनाई प्लास्टिकको झोला उत्पादन गर्न सकिने नगर प्रबक्ता बिजय कुमार महतोले जानकारी दिए।
उनका अनुसार कुहिने फोहरलाई जैबिक मलको रुपमा प्रयोगमा ल्याईने छ ।
सिशाजन्य पदार्थलाई टुक्रा पारेर कामनलाग्ने फोहरलाई जलाई खरानी बनाएर घर बनाउन प्रयोग गरीने ईटा तथा ब्लक बनाउने काम गरीने छ । मोडेल एगो्र भिलेज भित्रको ३ बिघा क्षेत्रफमा निर्माणकार्य शुरु भएको यो योजनाको सम्झौता २०७८÷७९ मा भएको थियो ।
एक टन प्रतिघन्टा क्षमता रहेको फोहर प्रशोधन मेशीन सञ्चालनगर्न बर्दिवास नगरपालिका र आसपासका पालिकाको फोहर समेत प्रयोगमा ल्याईने नगरपालिकाले जनाएको छ ।
हाल बर्दिवासको बजार क्षेत्रबाट दैनिक ५ देखी ६ टन फोहर संकलन हुँदै आएकोमा सम्पुर्ण नगरको फोहर संकलन गर्नसके २२ टन भन्दाबढी संकलन हुने बताईएको छ ।
करीब ६० जनालाई रोजगार दिने लक्ष्य राखेर सञ्चालनमा आउन लागेको यो आयोजनाको सम्भौता अबधि २० बर्षको रहेको नगर प्रबक्ता महतोले जनाए ।