
महोत्तरी - आसन्न मङ्सिर १६ मा हुने उप निर्वाचनका लागि दलहरु घरदैलोमा व्यस्त छन् ।यस कार्यमा जसपा नेपालका उम्मेदवार आगाडी रहेकाे प्रदेश सांसद सराेज सिंह कुशवाहाले बताइरहेका छन ।महाेतरीकाे रामगाेपालपुर नगरपालिका वडा नं २ मा उप निर्वाचन हुँदै छ ।
पुर्व वडा अध्यक्ष मुकेश कुमार यादवकाे निधन भइसकेपछि त्याे पद खालि रहेकाे छ । जनता समाजवादी पार्टी नेपालकाे तर्फबाट नजामुदिन खान उमेदवार रहेका छन ।त्यस्तै नेपाली कांग्रेसकाे तर्फबाट जनिफ खान,ने क पा एमालेकाे तर्फबाट माे सकिबुल खान र ने क पा माओवादीकाे तर्फबाट मृतक पूर्व वडा अध्यक्ष मुकेश कुमार यादवकाे श्रीमती आइती कुमारी यादव रहेका छन ।
तर चारै जना उमेदवारहरुमा जसपा नेपालका उमेदवार नजामुदिन खान युवा ,शिक्षित र नायँ उमेदवार रहेकाेले जनताहरुकाे रुझान जसपा नेपालकाे उमेदवार प्रति रहेकाे जसपा नेपालकाे केन्द्रीय अभियन्ता दिपक झा गुडुले बताइरहेका छन । उप चुनाबमा वडा न २मा नजामुदिन खानलाइ जिताउन पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव र प्रदेश सांसद सराेज सिंह कुशवाहा संगै अन्य नेता तथा कार्यकर्ताहरु घरदैलोमा व्यस्त छन् ।
घरदैलो कार्यक्रममा जनता समक्ष गएर उम्मेदवारद्वय खान र नेता यादव र महतो मतदाताहरुसँग भेटघाटलाई तीव्रता दिएका छन् । उनीहरुले जसपा नेपालको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आग्रह गर्ने गरेका छन् ।उम्मेदवारहरुसँग स्थानीय नेता कार्यकर्ताहरु घर घर पुगेर जसपाका उम्मेदवार खानलाई जिताउन आग्रह गरिरहेका छन् ।
सो वडामा अन्य उमेदवारहरुलाइ जनताहरुले मन पराएका छैनन् । उनीहरु पटक पटक जितेर गए पनि उल्लेख्य विकास नगरेको र भ्रस्टाचारमा लिप्त रहेको जनगुनासो छ ।