
सर्लाहीमा प्रतिबन्धित लागूऔषध सहित २० वर्षीय एक युवक पक्राउ परेका छन्।
शनिबार बिहान सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ मा भारतबाट साईकल चलाउदै नेपाल तर्फ आउँदै गरेका कौडेना गाउँपालिका २ ईनर्वा बस्ने २० वर्षीय किसन यादवलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट कोडिवेल नाम १०० एमएलको ५० बोत्तल बरामद गरेको छन। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।