महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले ३३ औ अन्तर्राष्ट्रीय अपाङ्ग दिवसको अवसरमा विभिन्न वड़ामा रहेका अशक्त अपाङ्गहरुलाई व्हील चेयर बितरण गरेका छन ।
पालिका भित्रका १८ जना शारीरिक अपाङ्गता भएकाहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले आज मटिहानीमा एक कार्यक्रमको बीच सो व्हील चेयर बितरण गर्नुभयो ।
सो अवसरमा बोल्नु हुँदै मेयर मंडलले व्हील चेयर बितरणले पूर्ण रुपमा अपाङ्ग भएकाहरुलाई कामकाजमा सहयोग पुग्ने बताउनुभयो ।
त्यसै क्रम व्हील चेयर पाएका मटिहानी नगरपालिका वड़ा नं. ३ का ५६ वर्षीय शुभनारायण साह र वड़ा नंबर ७ का १८ वर्षीय मधु मंडलले चेयर पाए पछि आफ्नो दिनचर्यामा सहयोग पुग्ने खुशी ब्यक्त गर्नुभयो ।
मटिहानी नगरपालिका अपाङ्ग समन्वय समितिका अध्यक्ष एवं नगर उप-प्रमुख मंजु देवी साहको अध्यक्षताम सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं. ६, ७ र ८ का वड़ा अध्यक्ष क्रमसः कलीम अंसारी, जितनारायन माझी र मदन चौधरी,लोसपा केन्द्रीय सदस्य रामकुमार मंडल,नगर अध्यक्ष श्याम कुमार मंडल लगायतका बक्ताहरुले अपाङ्गहरुको समस्या बारे मनतब्य राख्नु भयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख दीपा दासले कार्यक्रम बारे प्रकाश पार्नुभयो ।