काठमाडौं - एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले अर्धशतक बनाएका छन् ।
भण्डारीले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनको एनपीएलमा पहिलो अर्धशतक हो ।
सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले दिएको १४० रनको लक्ष्यमा सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ ।