
धनुषा - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८,दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ ।
दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरी शव तैरिरहेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ ।स्थानीयले पोखरिमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेका थिए ।
खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानपछि शवलाई परीक्षणका लागि पठाउने प्रहरीे जनाएको छ ।