जनकपुरधाम - रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबास तथा मधेश प्रदेश सभा सचिवालयको सहकार्यमा सञ्चालन हुने “प्रदेश सभा गतिविधि” सम्बन्धि सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
प्रत्येक हप्ताको बिहीबार दिउँसो २ः ३० देखि ३ बजेसम्म आधा घण्टाका लागि प्रसारण हुने प्रदेश सभा गतिविधि रेडियो नेपालको एमको ११४३ मेघा हर्जका साथै एफ एमको १०३ मेघा हर्जका साथै रेडियो नेपालको अनलाइन सहितका अन्य सामाजिक सञ्जालमा लगइन गरेर देश विदेशमा सोझै सुन्न सकिनेछ ।
प्रदेश सभा गतिविधिमा प्रदेश सभा सचिवालयका गतिविधिहरू, पारित भएका विधेयकहरू, प्रदेश सभामा रहेका विभिन्न समितिहरूको गतिविधिहरू, प्रदेश सभाबाट भएका विकास निर्माणका सहितका विषयहरू समेटेर तयार पारिइएको सामाग्री सहितका गतिविधिहरू समेटिने प्रादेशिक प्रसारण केन्द्रका प्रमुख रामपुकार रामले जानकारी दिनुभयो ।
सम्झौता पत्रमा प्रदेश सभा सचिवालयका सचिव वासुप्रसाद कोइराला तथा प्रादेशिक प्रसारण केन्द्रका प्रमुख रामपुकार रामले हस्ताक्षर गर्नु भएको कार्यक्रम यही माघ १७ गते बिहीबार देखि प्रसारण हुने भएको पनि प्रादेशिक कार्यालयले जनाएको छ ।




