जनकपुरधाम- मैथिली साहित्य उत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता सम्पन्न भएको छ ।
नवमिथिला फाउन्डेसनको आयोजनामा माघ २४ गतेदेखि माघ २६ गतेसम्म चल्ने जनकपुर साहित्य उत्सवमा विद्यालयस्तरीय सो प्रतियोगितामा प्रथम सुमितकुमार झा भएका छन् ।
यसैगरी द्वितिय स्थान अतिथि प्रिया र तृतीय स्थान महिमाराजश्री साह ल्याएकी छिन् ।
कविता प्रतियोगिताको पहिलो चरणमा ५ जनालाई छनौट गरिएको थियो जसमध्ये आज ३ जनालाई अन्तिम छनौट गरी विजेता बनाइएको हो ।

कविता प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार नगद, द्वितिय हुनेलाई ११ हजार नगद र तृतीय हुनेलाई ५१ सय नगद प्रदान गरिएको छ ।

विजेताहरुलाई इम्तियाज वफा, विप्लब प्रतीक, ई. प्रकाशचन्द्र साह र पुनम झा मैथिलीले संयुक्त रुपले पुरस्कार प्रदान गरेका छन्।

छनौट समितिमा इम्तियाज वफा, विप्लब प्रतीक र विन्दू ठाकुर थिए । पुरस्कार वितरण समारोहका सञ्चालन चर्चित कवि काशीकान्त झा गरेका छन् ।


