
वर्दिवास । महोत्तरीको वर्दिवासमा सवारी साधनले एक बृद्धको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय वर्दिवासका अनुसार बर्दीबास ४ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारी साधनको ठक्करबाट एक वृद्ध मृत्यु भएको हो ।
शनिबार साँझ सवारीको ठक्करबाट गम्भीर घाइते भएका बर्दीबास ४ का ६० वर्षीय दलबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते तामाङलाई उपचारका बर्दीबासस्थित शुभ स्वास्तिक असपताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको बर्दीबासस्थित इलाका प्रहरीले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार ठक्करबाट टाउकोमा गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्रावका कारण तामाङको मृत्यु भएको हो ।
जंगल क्षेत्रको सडक खण्डमा तामाङलाई कुनै सवारी साधनले ठक्कर दिएर फरार भएका थिए। उनलाई कुन सवारीले ठक्कर दिएको हो खुल्न सकेको छैन ।
बर्दीबास प्रहरीले दुर्घटनास्थलको सघन अनुसन्धानका साथै फरार सवारीको पहिचान र खोजतलास भइरहेको जनाएको छ । तामाङको शव असपतालमै रहेको छ ।