जनकपुरधाम – जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमै कर्मचारीहरुबीच पिटापिट भएको छ ।
त्रिभुवन विश्वविद्यालयले जारी राखेको एमबीएसको परीक्षाको जिम्मेबारी हेरफेरको विषयमा विवाद चर्केपछि क्याम्पसका कर्मचारीद्वय महेश यादव र सुरेन्द्र यादव आपसमा कुटाकुट गरेका हुन् ।



कर्मचारीहरु कुटाकुटमा उत्रेपछि त्यहाँ ठूलो भिड जम्मा भएको थियो । प्रहरी त्यहाँ पुगेर अवस्था साम्य पारेका छन् । विवाद मिलाउन दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा विवाद टुगिँएको बताईएको छ ।




