
अध्यक्षमा नेविसंघकी दिपा नेपालले ५२ मत प्राप्त गरेर निर्वाचित भएकी छिन् । नेकपा एमाले निकट अनेरास्ववियुका प्रज्वल लामिछानेले २५ मत मात्रै प्राप्त गरेका छन् । ११४ मतदाता रहेको क्याम्पसमा ८८ मत खसेको थियो ।
सचिवमा नेविसंघकै रोजन घिमिरे र कोषाध्यक्षमा कविना अधिकारी यसअघिनै निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा नेविसंघकै सुस्मिता घले, शान्ति राई र कृष्मा लामिछाने विजयी भएका छन् । समानुपातिकमा नेविसंघले ५५ र अनेरास्ववियुले २४ मत प्राप्त गरेको छ ।