
ममता बिश्वकर्मा,बर्दिवास - "मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार" भन्ने मुल नाराका साथ मुक्त हरवाचरवा पहिचान र आगामी नीति, कार्यक्रम तथा बजेट बिषयक मधेश प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी एवं मधेश प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दश सिह क्षेत्रीले हरवाचरवा तथ्याकं संकलन, प्रमाणिकरण र परिचयपत्र बितरण सम्बन्धी कार्यबिधि २०८० लाई सरकारले चाँडै पारित गरि हरवाचरवाको पहिचान, प्रमाणीकरण र परिचयपत्र बितरण मार्फत कार्य सम्पन्न गरि उनीहरुको पुनस्र्थापना गरिने बताउनु भयो ।
उहाँले आगामी आर्थिक बर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट मार्फत यस सवाल सम्बोधन गरि मुक्त हरवाचरवा आवाश कार्यक्रम लागु गरिने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, नेपालका संरक्षक एवं सुदुरपश्चिम प्रदेश सरकार नीति तथा योजना आयोगका पुर्व उपाध्यक्ष र संघीय सरकार भूमि ब्यवस्था, सहकारी र गरिवी निवारण मन्त्रालयद्धारा गठित मुक्त कमैया, हलिया, हरवाचरवा, कमलरी बस्तुस्थिती अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माूले हरवाचरवाको अवस्था र अध्ययन समितिले गरेका सिफारिश प्रतिबेदनमा उल्लेख प्रमुख बुँदाहरु सम्बन्धी अनुसन्धानमा आधारित आधारपत्र (कार्यपत्र) प्रस्तुत गर्नुभयो ।

सो कार्यक्रममा द फ्रिडम फण्डका जनवकालत सल्लाहकार एवं अधिवक्ता बालाराम भट्टराईले हरवाचरवा पहिचान र प्रमाणीकरणको आवश्यकता र औचीत्यता सम्बन्धी अवधारणागत प्रस्तुती गर्नुभएको थियो । सो अवसरमा द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार, ब्रहमदेव राम, अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) मधेश प्रदेश कार्यालयका प्रमुख राजु पासवान, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवतीदेवी मण्डलले मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र दलित जनकल्याण यूवा क्लब सिराहाको संयुक्त आयोजना तथा राष्ट्रिय दलित नेटवर्क, नेपाल, श्रीपुराज सामुदायिक बिकास केन्द्र सप्तरी, जनचेतना दलित संगम सप्तरी र सामुदायिक सुधार केन्द्र धनुषा संगको समन्वयमा सम्प सम्पन्न भएको थियो ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित जनकल्याण यूवा क्वलका कार्यकारी निर्देशक बिनोद बिसुंकेले स्वागत गर्दै कार्यक्रमको औचित्यतामाथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक बहादुर सदायले गर्नु भयो । कार्यक्रममा रष्ट्रिय हरवाचरवा अधिकार मञ्चका तर्फबाट महासचिव लागिन्द्र सदाले हरवाचरवाको पहिचान र पुनस्र्थापनाका लागि मन्त्रीलाई ध्यानार्कषण पत्र समेत बुझाउनु भयो ।