
महोत्तरी - सम्सी गाउँपालिका वडा नं. ४, भेटपुर (महोत्तरी) मा N-Cell टावरको उद्घाटन कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, विशिष्ट अतिथि प्रदेश सांसद र पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री मा. सरोज सिंह कुशवाहा, अतिथि गाउँपालिका अध्यक्ष रामनाथ यादव र वडा अध्यक्ष राजीव यादवले टावरको उद्घाटन गर्नुभयो।
कार्यक्रममा जसपा नेपालको सम्सी गाउँपालिका उपाध्यक्ष सञ्जीव यादव सहित विभिन्न राजनीतिक दलका नेतागण, नागरिक समाजका प्रतिनिधिहरू र युवा समूहको उपस्थिति थियो। उद्घाटन समारोहको दौरान सहभागीहरूले N-Cell टावरको महत्त्व र यसले ल्याउने संचार क्रान्तिका बारेमा चर्चा पनि गरेका थिए।
यस उद्घाटनले सम्सी गाउँपालिकामा समृद्धि र विकासको नयाँ अध्यायको थालनी गरेको छ।