
जनकपुरधाम। लोकतान्त्रिक आन्दोलनका योद्धा गाँधीवादी नेता रामनारायण मिश्रको निधन भएको ५७ वर्षपछि मात्र स्मृति भवन निर्माण हुन लागेको छ ।

२०१५ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला सरकारमा उद्योग मन्त्री रहेका नेता मिश्रले जनकपुरधाममा रोजगारीको अवसर सृजना गर्न जनकपुर चुरोट कारखानाको स्थापना गराएका थिए । अहिंसाका पुजारी नेता मिश्र समाजको उत्थान र विकासमा निरन्तर लागेका थिए । देहावसान भएको लामो अन्तरालपछि नेपाली कांग्रेसको सक्रियतामा मधेश प्रदेश सरकारको बजेटबाट गंगासागरको पूर्वी डिलमा उनको स्मृति भवन निर्माण हुन लागेको छ ।

स्व.मिश्रको अन्त्येष्टि गरिएको स्थलमा निर्माण हुन लागेको सो स्मृति भवन अत्याधुनिक र आकर्षक रहेको छ । ५ करोडभन्दा बढी बजेटको लागतमा आगामी वर्षसम्म तयार हुने सो स्मृति भवन निर्माणका लागि नेपाली कांग्रेसका नेताहरु निर्माणस्थलमा डेरा डालेका छन् । निर्माण प्रारम्भ गरी ठेकेदार बेपत्ता हुने र योजना अलपत्र पर्ने राम्ररी बुझेका कांग्रेसका नेताहरु केही दिनदेखि गंगासागरको डिलमा नै भेट्ने गरेका छन् ।

कांग्रेस मधेश प्रदेशका सभासद रामसरोज यादव, युवा नेताहरु जीवनाथ चौधरी, प्रमोद चौधरी, वरिष्ठ चिकित्सक एवं राजनीतिकर्मी डा. विजय कुमार सिंह, स्मारक निर्माण समितिका पदाधिकारीहरु, मेयर मनोज कुमार साह, उपमेयर किशोरी साहलगायतको आउजाउ गंगासागरमा बढेको छ ।

१५ फिट अग्लो पिलरमा निर्माण गर्न लागिएको सो स्मारकको बीचबाट कालोपत्रे सडक, गंगासागरको आकर्षक घाट समेत रहने छ ।

अहिंसाका पुजारी नेता मिश्र समाजको उत्थान र विकासमा निरन्तर लागेका थिए । देहावसान भएको लामो अन्तरालपछि नेपाली कांग्रेसको सक्रियतामा मधेश प्रदेश सरकारको बजेटबाट गंगासागरको पूर्वी डिलमा उनको स्मृति भवन निर्माण हुन लागेको छ ।

स्व. मिश्रको अन्त्येष्टि गरिएको स्थलमा निर्माण हुन लागेको सो स्मृति भवन अत्याधुनिक र आकर्षक रहेको छ । ५ करोडभन्दा बढी बजेटको लागतमा आगामी वर्षसम्म तयार हुने सो स्मृति भवन १५ फिट अग्लो पिलरमा निर्माण गर्न लागिएको हो ।
गँगासागरमा सो स्मृति भवन निर्माण भएपछि गँगासागरको मुहार फेरिने छ । स्मृति भवन भएपनि त्यसमा आधुनिक सुविधाहरु राखिनेछ ।

स्मृति भवन नीजि जग्गामा भएपनि गँगासागरको बाटो भने अवरुद्ध हुने छैन । स्मृति भवनको मुनिबाट डब्बल लेनको कालोपत्रे (पीच) सडक बनाइनेछ । स्मृति भवनभित्रै वाचनालय (पुस्तकालय) निर्माण गरिने छ । भवनभित्रै ऐतिहासिक सँग्रहालय र सभा कक्ष समेत बन्नेछ ।

स्मृति भवन भएपनि यसले गँगासागरको पूर्वी डील पूर्णतः सौन्दर्यीकरण हुने काँग्रेसका नेताहरु बताउँछन् । गँगासागरको पूर्वी डील स्वः मिश्रकै नीजि पैतृक सम्पति भएकोले उनको परिवारले प्रतिष्ठानको नाममा हस्तान्तरण गर्न सजिलो हुने जनाइएको छ।

स्वः मिश्रको समाधी स्थल समेत रहेको पूर्वी डील सौन्दर्यीकरण भएपछि डील पूर्ण रुपमा व्यवस्थित हुने जनाइएको छ ।

समाजिक सँजालमा स्वः रामनारायण मिश्रको शालिकको लागि मात्र ५ करोड बढी सरकारी रकम विनियोजन भएको भन्दै विरोध जनाइएको छ । ५ करोड बढी रुपैयाँ शालिकको लागि नभई सुविधा सम्पन्न स्मृति भवनको लागि विनियोजन भएको जनाइएको छ । भवन निर्मााण भएपछि यसले सर्वसाधारणलाई प्रत्यक्ष फाईदा पुग्ने छ ।
भवन निर्माणको क्रममा त्यहाँ रहेको वर, पिपलको वृक्षहरु नकाटन सर्वसाधारणहरुले सुझाव दिएका छन् ।